२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’का लागि जापान सरकारको ३ अर्ब २९ करोड बढी अनुदान स्वीकार

‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’का लागि जापान सरकारको ३ अर्ब २९ करोड बढी अनुदान स्वीकार


काठमाडौं—सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधारका परियोजनाका लागि जापान सरकारको अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जापान सरकारले उक्त परियोजनाका लागि दिने ३ अर्ब २९ करोड ६० लाख जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

जाइकामार्फत प्राप्त हुने उक्त अनुदानमार्फत धुलिखेल नगरपालिका—६ काभ्रेमा १०० शैय्याको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ बन्ने भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन प्रा.डा.राजेन्द्र कोजुले ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’का लागि जापान सरकारबाट उक्त अनुदान प्राप्त भएको बताए ।

सेन्टरको वातावरणीय प्रभाव मुल्यांकन (इआईए) प्रतिवेदन सन् २०२२ मै वन तथा वातावरण मन्त्रालयमा पास भइसकेको छ । अहिले उक्त परियोजनाको डिजाइनको काम अगाडि बढिरहेको छ । जाइकाले कन्सल्ट्यान्टहरु हायर गरेर जापानमै डिजाइन तयार पारिरहेको छ ।

९४२३.४८ वर्गकिलोमिटर क्षेत्रफलमा उक्त अस्पताल बन्नेछ । धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर संचालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको ईआई प्रतिवेदनमा छ । उक्त भवन भूकम्प प्रतिरोधात्मक रहनुका साथै आपतकालीन संरचना जडित हुनेछ ।

१०० शैय्याको यो अस्पताल संचालनमा आउँदा २०८ प्राविधिक तथा अप्राविधिक जनशक्तिले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । ट्रमा सेन्टरबाट ट्रमा एण्ड इमर्जेन्सी मेडिकल सेवा, ट्रमा इमर्जेन्सी बहिरंग र अन्तरंग सेवा, ट्रमा इमर्जेन्सी शल्यक्रिया सेवा, आईसीयु र एचडियु सेवा, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, रक्त परीक्षण सेवा, फिजियोथेरापी सेवा र फार्मेसी सेवालगायत रहनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ