२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा फेसबुक र इन्टाग्रामद्वारा मदिराजन्य पदार्थको विज्ञापन गर्न र हेर्न नपाइने

नेपालमा फेसबुक र इन्टाग्रामद्वारा मदिराजन्य पदार्थको विज्ञापन गर्न र हेर्न नपाइने


काठमाडौं—सामाजिक सन्जाल फेसबुक र इन्टाग्रामले नेपालमा मदिराजन्य विज्ञापनहरुमा रोक लगाएको छ । फेसबुक र इन्टाग्रामका माउ कम्पनी मेटाले नेपालसहित १८ वटा देशमा मदिराजन्य विज्ञापनमा रोक लगाएको हो ।

मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरु आफ्नो सोसल मिडिया प्लेटफर्महरुमा रोक लगाएको हो ।

यस्तै, मेटाले ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको हो ।

नेपालमा सर्वोच्च अदालतले नै मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशलाई सम्मान गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्रामका एकाउण्टमा मदिराजन्य विज्ञापन गर्न र हेर्न नपाइने व्यवस्था गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ