२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पोखरेल नियुक्त


काठमाडौं– कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको डीन पद्मा डा. प्रेनित पोखरेल नियुक्त भएका छन् । उनलाई प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले नियुक्त गरेका हुन् ।

दन्तरोग विशेषज्ञ डा.पोखरेल यसअघि कान्तिपुर डेन्टल कलेजमा प्राध्यापन गर्थे । प्रतिष्ठानका तत्कालिन डीन डा. रमेश भट्टराईले राजिनामा दिएपछि डीन पद खालि रहेको थियो ।

डा.पोखरेलले कर्णाली जस्तो प्रतिष्ठानमा डीन भएर काम गर्न पाउँदा खुसी लागेको बताए । उनले प्रतिष्ठानको शैक्षिक विकासमा आफूले सक्दो योगदान गर्ने समेत बताए ।

डा.पोखरेल नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ