२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररहस्यमय जुम्ल्याहा भूमी र ‘षडयन्त्रकारी’ डा. जोसेफ

रहस्यमय जुम्ल्याहा भूमी र ‘षडयन्त्रकारी’ डा. जोसेफ


दक्षिणी ब्राजिलमा एउटा सानो र सुन्दर सहर छ, जसको चर्चा सदबहार हुन्छ । ‘ट्विन ल्यान्ड’ समेत भनिने क्यानडिडो गाडोइ जुम्ल्याहाका लागि संसारभर प्रख्यात छ । सो सहरमा वर्षेनी ठूलो संख्यामा जुम्ल्याहा जन्मिन्छन् । सहरमा हरेक दशमध्ये एउटा जन्म जुम्ल्याहा हुने गरेको तथ्यांक छ । जुम्ल्याहा शिशु जन्मिनुको रहस्यबारे विभिन्न तर्क र अनुमान गरिएका छन् । जुम्ल्याहा जन्मिनुमा हिटलरका एक चिकित्सक दोषी रहेको धेरैको विश्वास छ ।

हिटलरका डाक्टर ‘दोषी’
अनौठोे जुम्ल्याहा जन्मदरले चिकित्सा क्षेत्रलाई नै चुनौती दिएको छ । यसबारे धेरै अनुसन्धान भइरहेका छन् । कतिपयले यसको दोष हिटरलका डाक्टर जोसेफ मेन्जिलीलाई लगाउछन । जोसेफकै कारण जुम्ल्याहको बिगबिगी बढेको बताइन्छ । दोस्रो विश्वयुद्धको समयमा हिटलरको निर्देशनमा निर्माण गरिएको असविज कन्सनट्रेसन क्याम्पमा कार्यरत ‘कुख्यात’ चिकित्सक जोसेफ जर्मनमा नाजी शासनको समाप्तीपछि सुटुक्क भागेर ब्राजिलको क्यानडिडो पुगेका थिए ।

डा. जोसेफ, तस्बिरः डेलीमेल

हिटलरको क्याम्पमा काम गर्थे जोसेफ
नाजी नश्ल उत्पादन गर्ने अभियानमा रहेका जोसेफ सन् १९४३ देखि सन् १९४५ सम्म जर्मनको प्रभुत्वमा रहेको पोल्यान्डको असविज कन्सनटे«सन क्याम्पमा काम गर्थे । इतिहासकारहरूका अनुसार त्यहाँ जोसेफले मानव जातिको डरलाग्दो परीक्षण गरेका थिए । आफ्ना मास्टर (हिटलर)का लागि कृत्रिम रूपमा नाजी जन्मदर वृद्धि गर्न उनले जुम्ल्याहा बच्चा उत्पादन गर्ने जिन पत्ता लगाएका थिए ।सोही जिनबाट नाजीको संख्यामा उल्लेख्य वृद्धि भएको विश्वास छ ।

सुटुक्क ब्राजिल भागे जोसेफ
सन् १९४५ को जनवरीमा जोसेफ भागेर सुटुक्क ब्राजिल पुगेका थिए । उनी सन् १९४६ मा पहिलोपटक घुमन्ते चिकित्सको छद्मभेषमा क्यान्डिडो सहर पुगे । क्यानडिडोका बासिन्दाका अनुसार सन् १९६० को दशकमा पनि उनी धेरैपटक सो सहर पुगेका थिए । उनी सो सहर पुग्नुअघिसम्म गाउँका महिलाले खासै जुम्ल्याहा बच्चा जन्माउँदैनथे । तर, स्वयंसेवक उपचार गर्ने बहानामा उनले अनगिन्ती युवती र महिलाको परीक्षण गरेर ‘जुम्ल्याहा जिन’ मिसाईदिएका थिए । लहडमै उनले धेरै महिलालाई जुम्ल्याहा बच्चा हुने औषधि र हर्मन दिएको धेरैको दाबी छ ।

तस्बिरः डेलीमेल

क्यानडिडोमा भेटियो विशेष जिन
सहरमा आश्चर्यजनक रूपमा जुम्ल्याहा शिशु जन्मिन थालेपछि सो विषयमा ब्राजिलका वैज्ञानिकहरूले अध्ययन गर्दै आएका छन् । उनीहरूका अनुसार त्यो गाउँका महिला र पुरुषमा विशेष जिन भेटिन्छ । तर, वास्तविक कारण फेला पर्न सकेको छैन । सहरमा जर्मनी मूलका आप्रावासीको बाहुल्यता छ । उनीहरूले दशकौँदेखि आफ्नै जातका मानिसहरूबीच विवाह गर्दै आएका छन, जसले वैज्ञानिकहरूलाई अलमल पारेको छ ।

जोसेफको कर्तुत पुस्तकमै उल्लेख
अर्जेन्टिनाका इतिहासकार जर्ज क्यार्मासाले आफ्नो पुस्तक ‘मेन्जिलीः दी एन्जिल अफ डेथ इन साउद अमेरिका’मा डा. जोसेफको कर्तुतबारे बर्णन गरेका छन् । नाजी नश्ल वृद्धि गर्न सुनियोजित रूपमा जोसेफ बर्षौँसम्म स्वयंसेवक डाक्टरको छद्मभेषमा क्यानडिडो सहर बसेको पुस्तकमा उल्लेख छ । पुस्तकमा जुम्ल्याहा सन्तान जन्माउने अभिभावकको अन्तर्वार्ता समेत समावेश छ ।

 –डेलीमेल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ