२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाठेघरको क्यान्सर विरुद्धको खोप सुरु गर्दै सरकार

पाठेघरको क्यान्सर विरुद्धको खोप सुरु गर्दै सरकार


काठमाडौं- पाठेघर क्यान्सरको जोखिम कम गर्न सरकारले सात जिल्लामा एचपीभि खोप वितरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही भदौ २७ गतेदेखि ३० गतेसम्म क्यान्सर विरुद्धको दोस्रो चरणको खोप वितरण गर्न भएको हो । उक्त खोप १४ वर्षका किशोरीहरुलाई लगाइने मन्त्रालयले जनाएको छ ।

यसपटकका लागि सरकारले १९ हजार ९९८ खोप वितरण गर्न लागेको छ । मन्त्रालयको खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा दोस्रो चरणको खोप सञ्चालन हुने भएको छ ।

जिल्लाको जनसंख्या अनुसार दोस्रो चरणमा माग अनुसार नपुग्ने डाक्टर विवेक लालले बताए । ‘सात जिल्लाका लागि ४५ हजार खोप आवश्यक पर्छ । तर दोस्रो चरणका लागि ल्याइएको खोप जम्मा नौ हजार जनालाई मात्र पुग्छ ।’ उनले भने ।

सरकारले सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोपको कास्की र चितवनमा पाइलोटिङक गरेको थियो । २०२४ सम्ममा देशभरका सबै किशोरीलाई वितरण गरिसक्ने लक्ष्य लिएको छ ।

एचपीभि खोप  (सेकोलिन )६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्छ । दोस्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्ने खोप शाखाले जनाएको छ ।

एचपीचि खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५५ सम्म सुरक्षा प्रदान हुने विशेषज्ञहरुले दाबी गरेका छन् ।
एचपीभि खोप नेपालमा नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुले पनि वितरण गर्दै आएका छन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा नीजि संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महंगो शुल्क तिर्न बाध्य छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ