२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पतालको घटना छानबिन गरी कारबाही गर्न संसदको माग

कान्ति बाल अस्पतालको घटना छानबिन गरी कारबाही गर्न संसदको माग


काठमाडौं– देशकै प्रमुख बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा घटनालाई लिएर संसदहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । गत सोमबार अस्पतालको इमर्जेन्सीमा पालो कुर्दाकुर्दै मृत्यु भएकी मकवानपुरकी पाँच वर्षीया बालिका रेजिना गोपालीको मृत्यु भएको थियो । बिहीबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा अस्पतालको चरम लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै संसदहरुले घटनाको छानविन गरी दोषीलाई तुरुन्त कारबाही गर्नुपर्ने बताएका हुन् ।

सत्तारुढ दल कांग्रेसका सांसद गगन थापाले काठमाडौंको केन्द्रमा रहेको बाल अस्पतालमा उपचारको सुविधा हुँदाहुँदै एक बालिकाले उपचार नपाएर छटपटाएर ज्यान गुमाउन बाध्य भएको भन्दै अस्पतालमा भएको घटनालाई तुरुन्त छानबिन गर्न माग गरेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले कान्ति बाल अस्पतालको चरम लापरबाहि र गैर जिम्मेवारीका कारण बालिकाले ज्यान गुमाउन बाध्य भएको बताए । उनले भने,–‘पटकपटक अस्पतालका सुरक्षाकर्मीसँग आग्रह बिरामीलाई सहन नसक्ने अवस्थामा पनि आकस्मिक सेवा लिन नपाएपछि दुई घण्टासम्म छट्पटिएर ज्यान गुमाउनुपर्यो । यो घटनाको बारेमा अस्पताल निर्देशक र अस्पताल विकास समितिले जिम्मा लिन सकेन।’

उनले अस्पतालको घटनासँग जोडिएका अस्पताल व्यवस्थापन समिति र निर्देशक लगायतको समूहमाथि अनुसन्धान गरी दोषि उपर कारबाहीको माग गरे ।

सोही विषयलाई लिएर प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले अस्पतालको उपचार प्रणाली निकै कमजोर रहेको भन्दै अस्पताल सुधारका लागि गम्भिर पहल गर्नुपर्ने बताएका छन् । अस्पतालमा दुई घण्टासम्म बालिका चिच्याइरहँदा हाम्रो उपचार गर्ने प्रणाली कति कमजोर छ ? भन्ने कुरा प्रष्ट देखिएको भन्दै चाँडो भन्दा चाँडो सुधारको प्रक्रिया सुरु गर्न उनले आग्रह समेत गरे ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ