२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशंकरापुर अस्पताल १६ वर्षमा, एक वर्षमा ४० हजार बढी बिरामीले लिए सेवा

शंकरापुर अस्पताल १६ वर्षमा, एक वर्षमा ४० हजार बढी बिरामीले लिए सेवा


काठमाडौं—गोकर्णेश्वर जोरपाटीमा रहेको शंखरापुर अस्पतालले स्थापनाको १६ औं वार्षिकोत्सव मनाएको छ । बिहीबार जोरपाटीमा एक सार्वजनिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

अस्पतालले काठमाडौंको उत्तर पूर्वी क्षेत्र र सिन्धुपालचोकका जनतालाई विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथी काठमाडौं—३ का सांसद सन्तोष चालिसेले शंकरापुर अस्पतालले यस क्षेत्रका जनतालाई सहज सेवा दिएको बताए ।

शंकरापुर अस्पताल स्थापना हुनुअघि सो क्षेत्रका जनताले विशेषज्ञ सेवा प्राप्त गर्न चाबहिल, महाराजगञ्ज, वीर अस्पताल आइपुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । चालिसेले स्थापना कालदेखि नै शंकरापुर अस्पतालले त्यस क्षेत्रका जनतालाई सेवा प्रदान गरेको र आगामी दिनमा पनि त्यो निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद विमल ठकुरी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिजालले पनि आफ्नो पालिका क्षेत्रका जनताले शंकरापुर अस्पतालबाट सस्तो र सहज उपचार पाएको विचार राखेका थिए ।

कार्यक्रममा सोही क्षेत्रका पूर्व सांसदद्वय नारायण ढकाल र रामेश्वर फुयाँलले पनि अस्पतालको सेवा र स्थापनाको बारेमा चर्चा गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले यस क्षेत्रका जनताको स्वास्थ्य सेवालाई ध्यानमा राखेर अस्पतालले सेवा दिइरहेको बताए ।

अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा र अन्तरंग सेवा प्रदान गरिरहेको उनले जानकारी दिए । त्यसैगरी २४ सै घण्टा विशेषज्ञ सेवा, ल्याव, इमेजिङ, फार्मेसी सेवा प्रदान गरिरहेको डा. ढकालले बताए ।

अस्पतालमा गत आर्थिक वर्षमा ५ हजार ४ सय ५१ जनाले आकस्मिक उपचार सेवा लिएका थिए । यसैगरी, ओपीडीमा ३५ हजार बढी बिरामीले सेवा लिएको मेडिकल डाइरेक्टर डा. ढकालले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ