२०७९ मंसीर १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त


काठमाडौं–नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले डा. कोइरालालाई नियुक्त गरेको हो । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको  कमिटीले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । तर, त्यसको निर्णय नहुँदै उनलाई काउन्सिलको अध्यक्षम नियुक्त गरिएको हो ।

काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । डा. कोइरालाको नियुक्तीसँग काउन्सिलका बेतिथि हट्ने र धेरै सुधार आउने अनुमान गरिएको छ । कोइरालाको नियुक्तीसँगै त्रिविको उपकूलपतिमा काउन्सिलका पूर्वअध्यक्ष डा धर्मकान्त बास्कोटाको सम्भावना बढेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)