२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व फिजियोथेरापी दिवसमा नेपाल क्यान्सर अस्पतालद्वारा सचेतना कार्यक्रम

विश्व फिजियोथेरापी दिवसमा नेपाल क्यान्सर अस्पतालद्वारा सचेतना कार्यक्रम


काठमाडौं– नेपाल क्यान्सर अस्पतालले ‘विश्व फिजियोथेरापी दिवस २०२३’ मनाएको छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन मनाइने यो दिवस यस वर्ष ‘एक्सर्सिङ विथ आर्थराइटिस’भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।

यस वर्षको नाराले आर्थराइटिस र व्ययामबारे जनचेतना फैलाउने र रोकथामका उपायहरू फैलाउने विश्वास लिइएको नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियो थेरापी विशेषज्ञ डा.राजेन्द्र खत्री बताए ।

फिजियोथेरापी भौतिक चिकित्सा विधा भएको बताउँदै उनले हार्डजोर्र्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी हुने उनको भनाई छ ।

शरीरको पोस्चरमा परिवर्तन हुँदा समग्र रूपमा शरीरमा कस्तो प्रभाव पर्छ र यसले उच्च रक्तचाप लगायतका समस्या कसरी निम्त्याउँछ भन्ने विषयमा समेत उनले प्रकाश पारेका थिए।

कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामीहरुलाई फिजियो थेरापीको महत्वबारे चर्चा गरेका थिए।

विभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासबाट विमुख गर्न सक्छ । यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापिस्टहरूको सीप अनि अध्ययन आवश्यकता पर्छ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर–८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिकलिगंले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् ।त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात मालिस, सुधारात्मक व्यायाम र अन्य कसरतहरूको सुरुवात गरेको हो।

त्यसपछि सन् १८९४ मा बेलायतमा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भने फिजियोथेरापीको प्रथम कलेज भने अमेरिकाको वासिंगटनमा वाल्टररीड आर्मी अस्पतालमा भएको हो। प्रथम विश्वयुद्धताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ