२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा सम्पन्न भएको जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केका छन् । १९ देखि २२ भदौंसम्म इजिप्टको राजधानी कायरोमा जनसंख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार इजिष्ट प्रस्थान गरेका थिए ।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसंख्या बसाइ सराइ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्यमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको जानकारी दिए ।

जनसंख्या र स्वास्थ्यसाथसाथै लैजान नसकिए अन्य क्षेत्रमा पनि विकास गर्न नसकिने कुरामा सबै एकमत भएको र जनसंख्या र स्वास्थ्यसँगै लैजाने गरी अगाडि बढ्नेमा सहभागी सहमत भएको मन्त्री बस्नेतले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधिहरु र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री बस्नेतले बताए ।

अर्को, प्रसंगमा मन्त्री बस्नेतले आगामी महिना हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा. शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ