२०८२ वैशाख २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहाराजगञ्ज मेडिकल क्याम्पसमा शैक्षिक तथा प्रयोगात्मक सुधारको माग

महाराजगञ्ज मेडिकल क्याम्पसमा शैक्षिक तथा प्रयोगात्मक सुधारको माग


काठमाडौं– महाराजगनञ्ज मेडिकल क्याम्पस तथा शिक्षण अस्पताल सुधारका लागि विद्यार्थीले प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । आइतबार नेपाल विद्यार्थी संघ महाराजगञ्ज क्याम्पस इकाईका केही पदाधिकारीहरुले विद्यार्थीको शैक्षिक तथा प्रयोगात्मक गतिविधिलाई उत्थान गर्नका साथै क्याम्पस र अस्पताल प्रशासनभित्र अन्य सुधार गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

छात्रवासको चमेना गृह बन्द भएको ४ महीना भैसक्दा पनि कुनै नयाँ प्रक्रिया नबढेको भन्दै चमेना गृहको लागि क्याम्पस प्रशासन नयाँ प्रक्रियामा जानुपर्ने ज्ञापनपत्रमा लेखिएको छ । त्यसैगरी, नयाँ चमेना गृह नआउँदासम्मलाई पहिलेकै चमेना गृहलाई सुचारु गरी विद्यार्थीलाई राहत मिलाउनुपर्ने बताइएको छ ।

त्यस्तै, क्याम्पसको पुस्तकालय शनिबार नियमित सुचारु गर्नुपर्ने, छात्रवासको छतमा आधामा छाना राख्ने र आधा खाली छाड्ने, छाना राखेकोमा पढ्ने टेबल राखी छात्रवासका विद्यार्थीलाई पढ्नलाई मैत्रीपूर्ण वातावरण मिलाउन प्रक्रिया सुरु ज्ञापन पत्रमार्फत क्याम्पस प्रशासनलाई आग्रह गरिएको छ ।

त्यस्तै, भर्खरै मात्र सञ्चालनमा आएको अस्पताल चमेना गृहले आफू खुसी टेण्डरमा पेस गरेको मूल्यभन्दा धेरै असुली गरेको गुनासो विद्यार्थीबाट आएको हुँदा सत्य तथ्य छानविन गरी मूल्य निर्धारण गर्न अस्पताल प्रशासनतर्फ अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ