गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा हेल्थ आवाज बुधबार, २०७७ साउन २१ गते, १७:०७ मा प्रकाशित जनकपुर – प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित दुई डाक्टर र सात जना स्टाफ नर्ससहित १८ जनालाई राख्नका लागि छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल नजिकै रहेको नर्सिङ कलेजको आइसोलेसनमा भर्ना गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । कोरोना संक्रमण फैलिने जोखिम बढेपछि उनीहरुलाई अन्नपूर्ण होटल र रामजानकी होटलमा राखिएको थियो । तर उनीहरुको कोरोना रिपोर्ट सोमबार पोजेटिभ आएपछि अस्पताल प्रशासनले मंगलबार साँझ उनीहरुलाई बोलाएर आइसोलेसनमा राखेको जनाएको छ । पहिलेदेखि पनि नर्सिङ कलेजको आइसोलेसन कक्षमा केहि संक्रमित बस्छन् । जसमध्ये नर्स सहित ४ जना प्रादेशिक अस्पतालकै कर्मचारी छन् । मंगलबार साँझ भर्ना भएका डाक्टर र नर्सहरुले भने कुनै पनि सुविधा नरहेको ठाउँमा ल्याएर राखिदिएको गुनासो गरेका छन् । कोरोना विशेष अस्पतालका प्रमुख डा.जामुन प्रसाद सिंहले भने ११ जना नर्स मध्ये ६ जना मात्र आन्दोलनमा उत्रेका छन् अरु आइसोलेसनमा गइसकेको बताए । ‘हामीले रातभरी जनकपुरमा होटल र लज खोज्यौ तर कतै पाइएन । हामीले अनेकौ प्रयास गर्दा पनि छुटै राख्नका लागि व्यवस्था गर्न सकेनौ । अहिलेसम्म धनुषामा ३३ जना स्वास्थ्यकर्मी र नर्सलाई कोरोना संक्रमण पुष्टि भइसेको डा.सिंहले बताएजानकारी दिए । आन्दोलनमा उत्रेका नर्सलाई कोरोना संक्रमण मुक्त भएपछि अनुसाशनको कारवाही गर्ने समेत डा.सिंहले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र औषधी व्यवस्था विभाग नागरिक सहायता तथा सहजीकरण केन्द्र सञ्चालनमा ल्याउँदैं धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त