गृहपृष्ठ ∕ प्रदेश २ ∕ संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा हेल्थ आवाज बुधवार, २०७७ साउन २१ गते, १७:०७ मा प्रकाशित जनकपुर – प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित दुई डाक्टर र सात जना स्टाफ नर्ससहित १८ जनालाई राख्नका लागि छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा उत्रिएका छन् । नर्सहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पताल नजिकै रहेको नर्सिङ कलेजको आइसोलेसनमा भर्ना गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । कोरोना संक्रमण फैलिने जोखिम बढेपछि उनीहरुलाई अन्नपूर्ण होटल र रामजानकी होटलमा राखिएको थियो । तर उनीहरुको कोरोना रिपोर्ट सोमबार पोजेटिभ आएपछि अस्पताल प्रशासनले मंगलबार साँझ उनीहरुलाई बोलाएर आइसोलेसनमा राखेको जनाएको छ । पहिलेदेखि पनि नर्सिङ कलेजको आइसोलेसन कक्षमा केहि संक्रमित बस्छन् । जसमध्ये नर्स सहित ४ जना प्रादेशिक अस्पतालकै कर्मचारी छन् । मंगलबार साँझ भर्ना भएका डाक्टर र नर्सहरुले भने कुनै पनि सुविधा नरहेको ठाउँमा ल्याएर राखिदिएको गुनासो गरेका छन् । कोरोना विशेष अस्पतालका प्रमुख डा.जामुन प्रसाद सिंहले भने ११ जना नर्स मध्ये ६ जना मात्र आन्दोलनमा उत्रेका छन् अरु आइसोलेसनमा गइसकेको बताए । ‘हामीले रातभरी जनकपुरमा होटल र लज खोज्यौ तर कतै पाइएन । हामीले अनेकौ प्रयास गर्दा पनि छुटै राख्नका लागि व्यवस्था गर्न सकेनौ । अहिलेसम्म धनुषामा ३३ जना स्वास्थ्यकर्मी र नर्सलाई कोरोना संक्रमण पुष्टि भइसेको डा.सिंहले बताएजानकारी दिए । आन्दोलनमा उत्रेका नर्सलाई कोरोना संक्रमण मुक्त भएपछि अनुसाशनको कारवाही गर्ने समेत डा.सिंहले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’