२०८१ असोज २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंविधानसभा अध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन


काठमाडौं-संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । मंगलबार राति १ बजे हृदयघात भएपछि उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

त्रिवि शिक्षण अस्पताल पु¥याइए लगतै नेम्वाङलाई चिकित्सकहरु मृत घोषणा गरेका थिए । ७१ वर्षीय नेम्वाङको निधनपछि उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

संविधानसभाका दुवै कार्यलय अध्यक्षका रुपमा भूमिका खेलेका नेम्वाङ समन्वयकारी भूमिकाका खेल्न सक्ने नेता मानिन्थे ।

उनी वि.सं. २०७९ सालको आम निर्वाचनमा इलाम २ बाट प्रतिनिधीसभामा विजयी भएका थिए । वि.सं. २०५६ सालयता निरन्तर संसदीय चुनाव जित्दै आएका उनी हाल नेकपा एमालेको संसदीय दलका उपनेतासमेत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ