२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकमाथिको आक्रमणलाई लिएर देशभरका डाक्टर आन्दोलित

चिकित्सकमाथिको आक्रमणलाई लिएर देशभरका डाक्टर आन्दोलित

चिकित्सक संघद्वारा ७२ घण्टाभित्र दोषीमाथि कारवाही नभए आकस्मिकबाहेक सेवा बन्द गर्ने अल्टिमेटम


काठमाडौं– मकवानपुरको हेटौडास्थित सञ्चो अस्पतालमा कार्यरत चिकित्सकहरुमाथि भएको आक्रमणको विषयलाई लिएर देशभरका चिकित्सक आन्दोलित बनेका छन् । चिकित्सकका विभिन्न संघसंस्थाहरुले सेवामा खटिएका चिकित्सकहरुमाथि भएको हिंस्रक आक्रमणले देशभरका सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको बताएका छन् ।

गत २२ साउनमा हेटौडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय राजेश प्रधान अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यसपछि २३ साउन अस्पतालले ती बिरामीलाई चितवन मेडिकल कलेजमा लगेर उपचार गराएका थिए। तर, उपचारकै क्रममा २५ भदौमा प्रधानको मृत्यु भएको थियो ।

त्यही मृत्युको विषयलाई लिएर एक महिनापछि बिरामीका आफन्तले बुधबार अस्पतालमा कार्यरत डा. विकास थापा र डा। प्रशान्त बिडारीमाथि आक्रमण गरेका थिए । एक महिनापछि उनीहरुले सन्चोका चिकित्सकको लापरबाहीका कारण प्रधानको मृत्यु भएको भन्दै चिकित्सकमाथि आक्रमण गरेका थिए । चिकित्सकमाथिको उक्त आक्रमणपछि हेटौडाका चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

नेपाल चिकित्सक संघ (एनएमए)ले सिसिटीभी फुटेजमा कैद भएको घटनाको छानविनमा पनि सुरक्षा निकायले गम्भीरता नदेखाएको जनाएको छ । उसले घटनाका दोषीलाई ७२ घण्टाभित्र कारवाही नगरे देशभरका चिकित्सकहरु आकस्मिकबाहेकका सेवाहरु बन्द गरेर आफ्नो सुरक्षाका लागि खटिन बाध्य हुने जनाएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानूनी कारवाही गर्नसमेत संघले माग गरेको छ ।

राष्ट्रिय चिकित्सक संघले चिकित्सकद्वय डा. थापा र डा. बिडारीमाथि अस्पतालमै सेवामै रहेका बेला भएको बर्बर र क्रुरतापूर्ण भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यो घटनामा घाइते भएका चिकित्सकको स्वास्थ्य लाभको कामना गर्दै संघले घटनाले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको र निरुत्साहित भएको उल्लेख गरेको छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐन २०६६ तथा २०७९’ को संशोधन अनुसार उक्त घटनाको छानबिन गरी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ । साथै, संघले उक्त घटनामा उल्टो मिलापत्र गराउने जिम्मेवार प्रहरी अधिकारीमाथि समेत नियमानुसार कारवाहीको दायमा नल्याए जस्तोसुकै आन्दोलन उठाउन तत्पर रहेको राष्ट्रिय चिकित्सक संघले चेतावनी दिएको छ ।

नेपाल प्रगतिशील चिकित्सक संघले गृह मन्त्रालय समक्ष तत्काल यस घटनाको गम्भीर छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार आक्रमणकारीहरूलाई तुरुन्त कारबाहीको माग गरेको छ । दोषी उपर तुरुन्त कारबाही नभए देशभर रहेका चिकित्सकका विभिन्न संगठनले एकेबद्धता जनाउँदै आन्दोलनमा उत्रिने संघका अध्यक्ष डा. मधुर बस्नेतले विज्ञप्तीमा जनाएका छन् ।

त्यस्तै, प्रजातन्त्रवादी चिकित्सक संघका महासचिव डा. संयुक्त आचार्यले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ लाई अविलम्व कार्यान्वयन गरी देशभर शान्तिपूर्ण वातावरण तयार नगरिएको अवस्थामा अप्रिय कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार नेपाल सरकार नै हुने बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ