२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

तीन महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने


काठमाडौं—सरकार र हेटौडामा चिकित्सकमाथि बिरामीका आफन्तले गरेको आक्रमणपछि आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । आइतबार दिनभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएको वार्ता टोली र चिकित्सकका प्रतिनिधीहरुबीच भएको छलफलपछि ६ बुँदे सहमति भएको हो ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव तथा सरकारी वार्ताका टोलीका संयोजक डा. विकास देवकोटाकाअनुसार दुई पक्षबीच ६ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा हेटौंडामा ड्युटीमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान बिडारीमाथिको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६ (पहिलो संशोधन ऐन, २०७९ बमोजिम कारवाही गर्ने सहमति भएको छ । पक्राउ परेका ४ जना र पक्राउ पूर्जी जारी भएका ५ जनासहित दोषीहरुलाई ऐन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यसैगरी, सो ऐन कार्यन्वयनको लागि नेपाल सरोकारवाला निकायहरु प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सक्रिय बनाउन मासिक रुपमा बैठक बस्ने व्यवस्था मिलाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघको सहकार्यमा सचेतनामूलक कार्यक्रमहरु सहकार्यमा अगाडि बढाउने सहमति भएको छ ।

सहमतिको पाँचौ बुँदामा चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्नेलगायतका समस्या समाधान गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने र छैटौं बुँदामा नेपाल चिकित्सक संघले आन्दोलनको घोषित कार्यक्रम फिर्ता लिने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ