२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयार्सा गुम्बा व्यवस्थापन निर्देशिकाः अब बैशाखदेखि असारसम्म ३० दिनमात्रै संकलन गर्न पाइने

यार्सा गुम्बा व्यवस्थापन निर्देशिकाः अब बैशाखदेखि असारसम्म ३० दिनमात्रै संकलन गर्न पाइने

संकलनका लागि १६ वर्ष पुगेको व्यक्तिलाई मात्रै अनुमति दिइने


काठमाडौं—सरकारले बहुमुल्य जडिबुटी यार्सा गुम्बा हरेक वर्ष बैशाखदेखि असारसम्म ३० दिनमात्रै संकलन गर्न पाइने गरी निर्देशिका ल्याउने तयारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले ल्याउन लागेको उक्त निर्देशिकामा यार्सा गुम्बा संकलन अवधि प्रत्येक वर्षको वैशाखदेखि असार महिनाभित्र बढीमा ३० दिनको मात्रै हुने उल्लेख छ ।

यार्सा गुम्बा व्यवस्थापन निर्देशिका, २०८० को मस्यौदा राय सुझावसमेत मन्त्रालयले लिइसकेको छ । निर्देशिकामा यार्सा गुम्बा संकलनका लागि १६ वर्ष पुगेको व्यक्तिलाई मात्रै अनुमति दिने, संकलन इजाजत एक व्यक्तिलाई वर्षको एकपटक मात्र दिइने व्यवस्था छ ।

यस्तै, यार्सा गुम्बा संकलन कार्यलाई व्यवस्थित गर्न स्थान विशेषका आधारमा संरक्षक वा प्रमुख वा परिषद् अध्यक्षले थप निर्देशन दिन वा शर्तहरु तोक्न सक्ने व्यवस्था छ । संरक्षक वा प्रमुख वा परिषद् अध्यक्षका अनुमति लिएर मात्रै यार्सा गुम्बाको ओसार—पसार गर्न पाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ (क) ले दिखएको अधिकार प्रयोग गरेर उक्त निर्देशिका बनाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ