२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनौ महिनामा डेंङ्गी संक्रमितको संख्या २८ हजार नजिक

नौ महिनामा डेंङ्गी संक्रमितको संख्या २८ हजार नजिक


काठमाडौं– डेंङ्गीको संक्रमण पछिल्लो समय भयावह बन्दै गएको पाइएको छ । नौ महिना यता देशभरका करिब २८ हजार जनामा डेंङ्गी संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले गत आइतबार सार्वजनिक गरेको रिपोर्टकाअनुसार सन् २०२३ जनावरी (२०७९ पौष) देखि १७ सेप्टम्बर (२०८० भदौ ३१) सम्ममा २७ हजार ९६८ जनामा डेंङ्गु संक्रमण भएको छ । भने यस अवधिमा १५ जनाले ज्यान गुमाएका छन् ।

महाशाखाका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा डेंङ्गी संक्रमण फैलिएको छ । जसमा कुल संक्रमितको ७४.८ प्रतिशत अर्थात २० हजार ९२४ जना र बागमतिमा १५ प्रतिशत अर्थात ४ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मधेश प्रदेशमा २ प्रतिशत, गण्डकीमा ३ प्रतिशत, लुम्बिनीमा १.७ प्रतिशत, कर्णलीमा ०.३ प्रतिशत र शुदुरपश्चिममा २.९ प्रतिशतलाई डेंङ्गी संक्रमण भएको छ ।

डेंङ्गुबाट १० वटा जिल्ला बढी प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित हुने जिल्ला सुनसरी रहेको छ । जसमा हालसम्म १५ हजार ८८१ जना संक्रमित भएका छन् । त्यसैगरी धादिङमा २ हजार ९९२, मोरङमा २ हजार २६१, झापामा १ हजार ३९४ र क्रमश काठमाडौं, शंखुवासभा, धकुटा, धनुषा, कैलाली र तनहु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ