२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक टिकटक बनाएर ५० हजार रुपैयाँ जित्न सकिने

आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक टिकटक बनाएर ५० हजार रुपैयाँ जित्न सकिने


काठमाडौं—नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । २५ असोजमा विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजार रुपैयाँसहित संघले सम्मान गर्नेछ । प्रतियोगीले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामूलक भिडियो निर्माण गर्नुपर्नेछ ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र टिकटकमार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका विषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउँछन् ।

संघका महासचिव भरतबहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेलेसमेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहिन जीवन बिताइरहेको बताउँछन् । ‘आँखा स्वास्थ्य सम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो,’ उनले भने ।

संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तस्थापनाकालदेखि नै संघले आँखा उपचार सेवासँगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिइरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको बताउँछन्  ।

आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेस गर्न पाइने छैन ।

संघका कार्यक्रम व्यवस्थापक रञ्जन साह प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्ने र त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समावेश नगरिने बताउँछन् । विजेताको घोषणा २५ असोज विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुकमार्फत गराइने संघले जनाएको छ ।

https://www.tiktok.com/@nepal_netra_jyoti_sangh/video/7281200178466524417?is_from_webapp=1&web_id=7195128925176104450


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ