२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालले ४० करोडको आईपीओ ल्याउँदैं

स्टार अस्पतालले ४० करोडको आईपीओ ल्याउँदैं


काठमाडौं- सानेपास्थित स्टार हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि ४० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । हस्पिटलले ४० करोड शेयर पुँजी बराबरको १०० रुपैयाँ अंकित ४० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

बिहीबार अस्पतालले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्पिटलको चुक्ता पुँजी ६९ करोड रुपैयाँ रहेको अस्पतालले जनाएको छ । हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयरसहित ८५ करोड रुपैयाँ चुक्ता पुजी रहने अवस्थामा यो आईपीओ निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बिमा कम्पनीहरु, प्राइभेट इक्वीटी कम्पनीहरु त्था निजी संस्थागत लगानीकर्ताहरुसमेत गरी चुक्ता पुँजी २ अर्बभन्दा माथि हुने अस्पतालले आफ्नो प्रेस विज्ञप्तीमा जनाएको छ ।

अस्पतालले थप पुँजी लगानीबाट अत्याधुनिक उपकरणसहित क्यान्सर उपचार सेवा, आईभीएफ सेवाका साथै देशका विभिन्न भागमा सेवा विस्तार गर्ने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ