२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमाका समस्या सुल्झाउन समितिले भूमिका खेल्छः सभापति जोशी

स्वास्थ्य बिमाका समस्या सुल्झाउन समितिले भूमिका खेल्छः सभापति जोशी


काठमाडौं—स्वास्थ्य बिमामा भएका समस्याहरुलाई सुल्झाउन प्रतिनिधिसभाको स्वास्थ्य, शिक्षा तथा संचार समिति तयार रहेको सो समितिका सभापति भानुभक्त जोशीले बताएका छन् । बिहीबार स्वास्थ्य बिमा बोर्डले समितिका सदस्यहरुसँग आयोजना अन्तक्रिया कार्यक्रममा उनले स्वास्थ्य बिमा ऐनमा भएका प्रावधानहरु कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिने, सरोकारवालाहरुसँग छलफल गर्न तयार रहेको बताए ।

स्वास्थ्य बिमा कार्यक्रम जनताको स्वास्थ्य उपचारको सुनिश्चितता गर्ने एक मात्र कार्यक्रम भएको भन्दै उनले ऐनले व्यवस्था गरेको औपचारिक समूहलाई स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य ल्याउन पहल गर्ने बताए । उनले यसको सुरुवात समितिका सबै संसदको बिमा गरेर सुरु गरिने समेत जानकारी दिए ।

‘औपचारिक सबै समूहलाई बिमामा नल्याई बिमा कार्यक्रम सफल हुँदैन्,’ उनले भने ‘त्यसका लागि हाम्रो समितिका सबै सदस्यहरुको बिमा गरेर सुरु गरिनेछ ।’

सभापति जोशीले समग्र स्वास्थ्य र स्वास्थ्य मन्त्रालयका समस्याहरुलाई अध्ययन गर्नका लागि छुट्टै उपसमिति बनाउने तयारी रहेको समेत जानकारी दिए । सो समितिले गहन रुपमा अध्ययन गर्ने र अध्ययनको प्रतिवेदनका आधारमा सरकारलाई सुझावसहित निर्देशन दिने बताए ।

सांसद दीपा शर्माले सरकार र बिमा बोर्डबीच समन्वयको कमीले गर्दा बिमा चाहेको गतिमा अगाडि बढ्न नसकेको बताइन । उनले सरकारले स्वास्थ्य वीमा कार्यक्रमको औचित्व बुझ्न नसकेको आरोप लगाइन् । स्थापना भएको यतिका वर्ष स्थायी कर्मचारी दरवन्दी स्वीकृत नगर्नु, ८ महिनासम्म अध्यक्ष नियुक्ति नगर्नुजस्ता कुरामा सरकारको तर्फबाट कमजोरी भएको उनको भनाइ थियो ।

बिमा बोर्डका सदस्य डा. सुरेश तिवारीले औपचारिक समूह बिमामा समेटिन नसक्दा सक्नेबाट लिएर नसक्नेलाई उपचार गर्ने विमाको सिद्धान्त कार्यन्वयन हुन नसकेको बताए । ऐनले नै औपचारिक समूहलाई अनिवार्य बिमा गराउने उल्लेख गर्दा पनि कार्यन्वयन हुन नसकेको उनको भनाइ थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले कम जनशक्ति र आफ्नो संगठन संरचना नहुँदा पनि ऐन आएको ७ वर्षमा ३३ प्रतिशत जनसंख्यामा बिमा कार्यक्रम पुगेको दावी गरे । ‘कार्यक्रम संचालन भएको ८ वर्षमा ३३ प्रतिशत मानिस बिमामा आवद्ध भएका छन् । पछिल्लो २ वर्षमा बिमा गराउने क्रम झनै बढेको छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ