२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए नेशनल हेल्थ समिट १२ र १३ असोजमा काठमाडौंमा हुने

एनएमए नेशनल हेल्थ समिट १२ र १३ असोजमा काठमाडौंमा हुने


काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)ले ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको छ । आइतबार संघले पत्रकार सम्मेलनको आयोजना गरेर असोज १२ र १३ गते बबरमहलस्थित कार्की व्याङ्केटमा ‘एनएमए नेश्नल हेल्थ समिट’ गर्ने जानकारी दिएको हो ।

संघले जर्नल अफ नेपाल मेडिकल एसोसियसनको सुरुवात भएको महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टका रुपमा मनाउने निर्णयअनुसार यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको हो ।

समिटको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त सम्मेलनको उद्घाटन गर्नेछन् भने विशेष अतिथीका रुपमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी रहनेछन ।

‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौतीका विषयमा सम्मेलनमा छलफल हुने संघले जनाएको छ । सम्मेलनका लागि शैक्षिक गतिविधीहरु तयार गरी आवश्यक काम अगाडि बढाइएको आयोजकले जनाएको छ ।

सम्मेलनमा ६ वटा सेसनहरु राखिएका छन् । जसमा दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ