२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने !

डा. गोविन्द केसी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने !


काठमाडौं—चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसी नेपाल मेकिडल एशोसिएसन (एनएमए) भवनमा अनशन बस्ने तयारी गरेका छन् । सोमबारदेखि डा. केसीले आफ्नो १७ औं अनशन सुरु गर्ने घोषणा गरेका छन् ।

तर, एनएमएकै भवनमा अनशन भन्ने अन्तिम टुंगो भने लागिसकेको छैन । नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले औपचारिक रुपमा डा. केसीले अनशन बस्ने बारेमा जानकारी नदिएपनि ब्यक्तिगत रुपमा भने सोधेको पुष्टि गरे । ‘उहाँले औपचारिक रुपमा यही अनशन बस्ने भनेर पत्र दिनुभएको छैन,’ उनले भने, ‘आजीवन सदस्य भएकाले यही बस्न पाउनुपर्छ भन्दैं ब्यक्तिगत रुपमा मसँग भन्नुभएको थियो ।’

डा. श्रेष्ठ डा. केसीलाई नेपाल चिकित्सक संघको कार्यलय अनशन बस्न उपयुक्त ठाउँ नभएकाले अन्य ठाउँ खोज्न सुझाएका थिए । उनले एनएमएमा बस्दा राजनीतिक विषय उठेर केसीको छविमा दाग लाग्नेतर्फत पनि सचेत हुन आग्रह गरेका थिए ।

आगामी चुनावी तयारी भैरहेकाले त्यसमा असर पर्ने भन्दैं एनएमए स्रोतले भने त्यहाँ अनशन नबसिदिन आग्रह गर्दै आएको छ । एनएमएले आसन्न निर्वाचनका लागि निर्वाचन कमिटी समेत गठन गरेर कामहरु अगाडि बढाइसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ