२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभरतपुर अस्पतालले मुटुरोगका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउने

भरतपुर अस्पतालले मुटुरोगका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउने


चितवन– भरतपुर अस्पतालले मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निःशुल्क प्रदान गर्ने भएको छ । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको निति तथा कार्यक्रम अनुसार अस्पतालले मुटुरोगका बिरामीको उपचारमा लाग्ने औषधी निशुल्क प्रदान गर्न सम्झौता भएको हो ।

अस्पतालमा उक्त विषयमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन पक्ष र बागमती प्रदेश सरकारका तर्फबाट स्वास्थ्यमन्त्री उत्तम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर पछि स्वास्थ्यमन्त्री जोशीले सम्झौतापत्र भरतपुर अस्पतालका मेसु पौडेललाई हस्तान्तरण गरे ।

साथै अस्पताल हातामा रहेको ब्लड बैंकका लागि रगत आवस्यक पर्ने बागमती प्रदेश निवासी विपन्न बिरामीहरुलाई निशुल्क ब्लड प्रदान गर्ने समेत सम्झौता भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ