२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता

क्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता


काठमाडौं– बागमती प्रदेश सरकारले चितवनका पाँचवटा अस्पतालमा क्यान्सरको उपचार गर्दा ५० हजार रुपैयाँ बराबरको खर्च व्यहोर्ने भएको छ । प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र जिल्लाका पाँच अस्पतालबीच यस विषयमा भएको सम्झौता आइतबार सार्वजनिक गरिएको हो ।

भरतपुरमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालहरुलाई सम्झौता हस्तान्तरण गरे । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटलसँग सम्झौता गरिएको हो । बकुलहर रत्ननगर अस्पतालसँग यस अघि नै सम्झौता भईसकेको छ ।

यी पाँच वटा अस्पतालमा क्यान्सरको उपचार गर्दा संघीय सरकारले उपलब्ध गराउने १ लाख रुपैयाँपछि प्रदेशले ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । यससँगै बागमती प्रदेशभित्रका क्यान्सर रोगीले उपचार गर्दा १ लाख ५० हजार रुपैयाँ बराबरको औषधि उपचार सेवा निःशुल्क पाउनेछन् ।

बागमती प्रदेश सरकारले यस अघि नै प्रदेशका अन्य २४ वटा अस्पतालसँग यस सम्बन्धी सम्झौता गरिसकेको छ । सम्झौता गरेका अस्पतालहरुमा चितवनको बकुलहर रत्ननगर अस्पताल सहित प्रदेश अन्तर्गतका १३ वटा अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि ५० हजार रुपैयाँ बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाईने सम्झौता भईसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ