२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुर्घटनामा नेत्र रोग विशेषज्ञ र नर्स छोरीको मृत्यु

दुर्घटनामा नेत्र रोग विशेषज्ञ र नर्स छोरीको मृत्यु


विराटनगर–मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसनवारीमा भएको सवारी दुर्घटनामा चिकित्सक बाबु र नर्स छोरीको मृत्यु भएको छ । सोमबार विहान भएको सबारी र्दुघटनामा बुढीगंगा गाउँपालिका – ५ का नेत्र रोग विशेषज्ञ डा. सुवलाल माझी र २६ वर्षिय अन्जली कुमारी माझीको मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट निमुवाका असाई तुलामणि आचार्यले जानकारी दिए ।

५२ वर्षीय सुवलाल नेत्र रोग विशेषज्ञ हुन् भने अन्जली स्टाफ नर्स हुन् । अन्जली विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत थिइन् भने छोरी सुवलाल गोल्छा आँखा अस्पतालका नेत्र विशेषज्ञ थिए ।

विराट मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा उनीहरुको मृत्यु भएको थियो । विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगरतर्फ आँउदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

बसले आफ्नो लेन मिच्दा दुर्घटनामा भएको असाइ आचार्यले बताए । ‘विराटनगरबाट दुहबीतर्फ गएको बसले सडकको लेन मिचेर अगाडी बढदा मोटरसाइकललाई ठक्कर दिएको थियो,’ आचार्यले भने, ‘बसका चालकलाई तत्काल नियन्त्रणमा लिएका छौं ।’

बस चालक धनगढीका ३४ बर्षिय संन्दिप खत्रीलाई  जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ