२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्रान्डी हस्पिटलमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना

ग्रान्डी हस्पिटलमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना


काठमाडौं– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम डट्स केन्द्रको सञ्चालन हुने भएको हो ।

सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुरपुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका हुन् । उक्त केन्द्रबाट क्षयरोगीहरुले उपचारका साथै निःशुल्क औषधी लिन सक्नेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले ग्रान्डी अस्पतालबाट सुरुवात भएको यो सेवा अब देशभरका ५० बेड भन्दामाथिका अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको निर्देशक डा श्रेष्ठले बताए ।

मुलुकमा अनुमानित क्षयरोगी अझै उपचारको पहुचमा आउन नसकेको बताउदै उनले डट्स केन्द्रको दाएरा बढाएर उपचार पनि गर्ने तथा तथ्याङ्क पनि संकलन हुने भएकाले केन्द्रहरु बढाउनु पर्ने बताए ।

अझै हरेक वर्ष ७९ हजार संक्रमित थपिने गरेको तर ३७ हजार ५ सय ३१ मात्र उपचारको पहुचमा आउने गरको तथ्याङक रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ