२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअग्लो मानिसमा मधुमेहको जोखिम कम !

अग्लो मानिसमा मधुमेहको जोखिम कम !


तपाई होचो हुनुहुन्छ की अग्लो कदको ? यदि अग्लो हुनुहुन्छ भने तपाईलाई मधुमेहको जोखिम कम हुन सक्छ है । एक पछिल्लो अध्ययनले यस्तो दाबी गरेको हो । जर्मनीमा हालै गरिएको एक अनुसन्धानले होचो कद भएका ब्यक्तिको तुलनामा अग्लो कद भएका ब्यक्तिमा मधुमेहको जोखिम न्यून हुन्छ ।

अनुसन्धानकर्ताका अनुसार, अग्लो ब्यक्तिहरुमा हुने न्यून फ्याटले ब्यक्तिको फोक्सोमा कार्डियोमेटोबोलिकको निर्माण गर्दछ । यसले रगतको फ्याट, एडिपोनेक्टिन र सिरिएक्टिभ प्रोटिनको मात्रा न्यून मात्रामा उत्पादन गर्छ । यसकारण उनीहरुमा अन्य ब्यक्तिको तुलनामा मधुमेहको जोखिम कम हुन्छ ।

अनुसन्धानकर्ताले ब्यक्तिको उमेर, शिक्षा, जीवनशैली र कम्मरको आकारले पनि मधुमेहको जोखिममा प्रभाव पार्छ वा पार्दैन भन्ने बिषयमा अध्ययन गरेका थिए ।

अध्ययनमा संलग्न एक अनुसन्धानकर्ताका अनुसार ब्यक्तिमा मधुमेहको जोखिम उसको कम्मरको आकारले पनि निर्धारित गर्छ । उनी भन्छन, ‘होचा व्यक्तिमा मोटोपन संगसंगै कम्मरको आकार पनि ठूलो हुन्छ र मधुमेहको सम्भावना उच्च हुन्छ । ’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ