२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदिल्लीको प्रदुषण झन बिकराल, श्वासप्रश्वासका बिरामी बढे

दिल्लीको प्रदुषण झन बिकराल, श्वासप्रश्वासका बिरामी बढे


भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण झन बिकराल बनेको छ । प्रदुषण बढेसँगै सरकारले सोमबारदेखि राजधानी नयाँ दिल्लीमा जोर बिजोर प्रणाली लागू गरेको छ । यो प्रणाली सन् २०१६ र २०१७ मा पनि लागू गरिएको थियो । तर यसले प्रदुषण नियन्त्रण गर्नेमा आशंका उब्जिएको छ ।

जोर बिजोर प्रणालीले लाखौ सबारी साधन सडक बाहिर रहने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बिश्वास व्यक्त गरेका छन् । नियम उल्लंघन गर्नेलाई ४ हजार रुपैयाँ जरिवाना तोकिएको छ । आकस्मिक प्रयोग हुने सबारी साधन, कार र दुई पांग्रे गाडिलाई जोर बिजोर लागू गरिएको छ । तर, महिला चालकलाई भने छुट दिइएको छ । मुख्यमन्त्री केजरीवालले तत्काल आवश्यक कदम चाल्न केन्द्र सरकारसमक्ष आग्रह गरेका छन् । प्रदुषण नियन्त्रण गर्न केन्द्र सरकारले चाल्ने जुनसुकै कदमको राज्य सरकारले सहयोग गर्ने उनले बताए ।

प्रदुषणका कारण खुला आँखाले हेर्न समेत समस्या परेको छ । स्वास्थ्य अधिकारीहरुले महत्वपूर्ण काममा बाहेक घरबाहिर ननिस्कन सर्बसाधरणलाई अनुरोध गरेका छन् । तस्बिरः एजेन्सी

वायुमा प्रदुषणको धुलोको तह पीएम २.५ तोकिएको भन्दा उच्च रहेको जनाइएको छ । बढ्दो प्रदुषण्का कारण लाखौ मानिस स्वाशप्रश्वासजन्य समास्याबाट पीडित छन् । स्वास्थ्य अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न र कुनै शारीरिक कामकारबाही नगर्न अनुरोध गरेको छ । दिल्लीलाई धुलो र धुवाले निरन्तर ढाकेकोले एक सातादेखि बन्द बिद्यालय अझै अर्को साता नचल्ने जनाइएको छ ।
प्रदुषणबाट दिल्लीसहित पन्जाब र हरियाणा राज्य अत्यधिक प्रभावित छन् । सरकारले ती राज्यका उद्योगधन्दा तत्कालका लागि बन्द राख्न निर्देशन दिएको छ ।

प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बरमा दिल्लीको वायु प्रदुषित बन्ने गरेको छ । पन्जाब र हरियाणा राज्यमा किसानहरूले अन्नबाली भित्राएपछि खेतमा रहेका ठुटामा आगो लगाउदा जाडो मौसममा प्रदुषण बढेको विज्ञहरुले बताउदै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ