गृहपृष्ठ ∕ समाचार ∕ राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो राज्यका सेवा र अवसरबाट वञ्चित भएको एचआइभी सङ्क्रमितको गुनासो हेल्थ आवाज शुक्रबार, २०८० असोज १२ गते, १४:२७ मा प्रकाशित काठमाडौं- राज्यले एचआइभी सङ्क्रमितलाई बेवास्ता गरेको सरोकारवालाले बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले राज्यबाट पाउने आधारभूत सेवा र अवसरबाट वञ्चित भएको बताएका हुन् । कार्यक्रममा बोल्दै एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी सङ्क्रमित र त्यसको जोखिम समुदाय संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाबाट वञ्चित हुन बाध्य गराएको बताए । एचआइभी सङ्क्रमित भएकै कारण विद्यालय र सेवा लिन पुगेको स्वास्थ्य संस्थाबाट निष्कासन हुनुपरेका अवस्था बताउँदै सङ्क्रमितहरू शिक्षाबाट वञ्चित भएको उनको भनाई छ । जन्मजात एचआइभी सङ्क्रमित बालबालिकाहरूको जनदर्ता गराउनसमेत बाधा पुगेको उनी बताउँछन् । ‘देशभर १८ वर्ष भन्दा मुनिका १०७६ बालबालिका एचआइभी सङ्क्रमित छन् । उनीहरू जन्मँदै एचआइभी सङ्क्रमित हुन् । सङ्क्रमित मध्ये ५३ जना बच्चाहरूको जन्म दर्ता हुन सकेको छैन ।’ उनले भने– ‘राज्यले हरेक जाती भाषा, समुदायलाई कानुनी अधिकार दिएको छ तर, एचआइभी सङ्क्रमितमा भएको विभेद, भेदभाव र अधिकारको कुरा कहीँ कतै उल्लेख गरिएको छैन ।’ कार्यक्रममा सहभागी मिलन खड्काले एचआइभी सङ्क्रमित खुलेर विद्यालय जाँदा निष्कासन हुनुपर्ने बाध्यता रहेको बताए । नेपालमा सम्मानकासाथ बाँच्न पाउने वातावरण नभएको र सरकारले विदेश जान रोक लगाएकोप्रति उनले दुखेसो पोखे । । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रजातान्त्रिक समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’