२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानिर्देशक ढकालद्वारा कानुन विपरित एउटै औषधीको वर्षैपिच्छे मुल्यवृद्धि

महानिर्देशक ढकालद्वारा कानुन विपरित एउटै औषधीको वर्षैपिच्छे मुल्यवृद्धि


काठमाडौं—औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले तजबिजका आधारका औषधी कम्पनीहरुलाई पोस्ने काम गरेको पाइएको छ । ढकालले औषधी ऐनमा भएको प्रावधान विपरित वर्षैपिच्छे एउटै औषधीको लगातार मुल्यवृद्धि गरेका हुन् ।

वि.सं. २०७४ देखि वि.सं. २०७७ सम्म विभागको महानिर्देशक हुँदा २ हजार ४ सयभन्दा बढी औषधीको मुल्यवृद्धिपछि अख्तियारको छानविनमा रहेका ढकालले एउटै औषधीमा लगातार जनताको ढाड सेकिने गरी मुल्यवृद्धि गरेको पाइएको हो । हेल्थआवाजलाई प्राप्त विवरणहरुमा उनले एउटै कम्पनीको ३० देखि ५० वटा औषधीको मुल्यवृद्धि गरिदिएका छन् ।

जसमा कुनै औषधीको प्रत्येक वर्ष नै मुल्यवृद्धि गरेको पाइएको छ । विदेशबाट आयात हुने औषधी र स्वदेशी औषधीमा उनले १० प्रतिशतदेखि २० प्रतिशतसम्म औषधीको मुल्य वार्षिक रुपमा बढाएको पाइएको हो । उनले कानुन विपरित औषधी अनुगमन समितिको टेको समातेर मुल्यवृद्धि गरेका छन् । जुन औषधी व्यवस्था ऐन, २०३५ को दफा २६ को गम्भीर उल्लंघन हो ।

महानिर्देशक ढकाललको यो निर्णयबाट प्रत्येक वर्ष मुल्यवृद्धि भएका केही औषधीहरुमा इफ्लो एक्सटी क्याप्सुलको मुल्य २०७५ सालमा १२ रुपैयाँबाट १३ रुपैयाँ बनाइदिएका छन् भने सोही औषधीको मुल्य २०७६ मा १३ रुपैयाँबाट १४ रुपैयाँ बनाइदिएका छन् ।

कोलोड्रिम क्रिमको २०७५ सालमा १ सय ३० रुपैयाँबाट १ सय ४३ रुपैयाँ बनाइदिएका ढकालले सोही औषधी २०७६ सालमा १ सय ४३ रुपैयाँबाट १ सय ५७ रुपैयाँ बनाएका छन् । यी दुई त उदाहरण मात्रै हुन् ढकालले यसरी दर्जनौं औषधीको प्रत्येक वर्ष मुल्यवृद्धि गरेको प्रमाण हेल्थआवाजसँग सुरक्षित छ । महालेखा परीक्षकको कार्यलयको आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भिक प्रतिवेदनमा भने औषधीको ३४ प्रतिशतसम्म मुल्यवृद्धि गरेको भन्दैं त्यसमा संलग्न अधिकारीहरुलाई छानविन गरी कारवाही गर्न २०७८ असार ३० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रारम्भिक प्रतिवेदनसहित पत्र पठाएको छ ।

ढकाल विरुद्ध औषधी ऐन विपरित मुल्यवृद्धि गरेको विषयमा दुई वर्षदेखि अख्तियारमा छानविन चलिरहेको छ । तर, जनतासँग दैनिक जीवनसँग प्रत्यक्ष जोडिने औषधीजस्तो संवेदनशील विषयमाथिको छानविन अख्तियारको प्राथमिकतामा परेको देखिदैंन् । ढकालले कानुन विपरित गरेको औषधी मुल्यवृद्धिबारेका समाचार हेल्थआवाजमा निरन्तर प्रकाशित भएपछि ती समाचारपछि अख्तियार थालेको छानविनमा आफूलाई केही असर नपर्ने सार्वजनिक रुपमै भनेका छन् ।

स्रोतकाअनुसार पटक—पटक अख्तियारले बोलाएर ढकाल र मुल्यवृद्धिमा संलग्न विभागका अन्य अधिकारीहरुले बयान दिइसकेका छन् । अख्तियारले बयानसँगै औषधी मुल्यवृद्धि सम्बन्धी कागजात विभागबाट मगाएर दुई वर्षदेखि अध्ययन गरिरहेको छ । यसअघि अख्तियारका प्रवक्ता भोला दाहालले ढकालमाथिको छानविन जारी रहेको जानकारी हेल्थआवाजलाई दिएका थिए ।

‘यो केस जटिल र संवेदनशील दुवै प्रकृतिको छ । यसमा नीति र नियत दुवै खराब देखिन्छ,’ छानविनमा संलग्न अख्तियार स्रोतले भन्यो, ‘पटक—पटक अनुसन्धान गर्ने व्यक्तिहरु फेरिन भएकाले टुंगोमा पुग्न सकेको छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ