२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुटु अस्पताल निर्माणका लागि ५ करोड संकलन

मुटु अस्पताल निर्माणका लागि ५ करोड संकलन


बुटवल–लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि करिव ५ करोड संकलन भएको छ । बुटवल उपमहानगरपालिका बेलवासमा निमार्ण गर्न लागिएको अस्पतालका लागि देउसी भैलोबाट ५ करोड संकलन भएको हो । लायन्स क्लब अफ बुटवलको अगुवाइ तथा लायन्स क्लब अफ् बुटवल बेलबास सृजनशीलको सहयोगमा भैलो संचालन भएको थियो ।

तिनाउ पश्चिम क्षेत्रमा सुविधा सम्पन्न मुटु अस्पतालको आवश्यकता महशुस गरी आफूहरू अस्पताल निमार्णको अभियानमा जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले बताए । ‘तिनाउँ पश्चिमलाई हेर्ने दृष्टीकोण पनि सकारात्मक भएन । त्यसैले पनि अस्पतालको अवधारणा विकास गरी हामी लागिरहेका छौँ ।’उनले भने ।

बुटवल–१३ बेलबासको दश नम्बर टोलमा अस्पताल बन्ने गरी तयारी गरिएको छ । बुटवलमा अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउने गरी छलफल भैरहेको अध्यक्ष खड्काले बताए । २५ शैयाको अस्पतालमा आइसियु र सिसियु सहित सुविधा दिने गरी अस्पताल निमाण हुनेछ ।

अस्पताल बनाउने आफूहरूले महाअभियान नैं सुरू गरिएको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका प्रथम उपाध्यक्ष गोविन्द खनालले हस्पिटलको कुल लगानी २० करोड रुपैयाँ हुने जनाकारी दिए । उनले १० करोड रुपैयाँ आफूहरुले संकलन गर्ने र अस्पतालका लागि अवश्यक उपकरणहरु लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको क्लवका द्धितीय उपाध्यक्ष डिवी खत्रीले बताए ।

लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोड रुपैयाँका उपकरणहरु दिनेछ । देउसी भैलोमा बुटवल–१३ का डन्डपानी खनालले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ दान दिएका छन । त्यस्तै, अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिए । हस्पिटल दुई वर्ष्भित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने हस्पिटल निर्माणका अभियान्ता डन्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य सहित काम गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ