२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकामा इ– चुरोटका प्रयोगकर्ता बढे, चार महिनामा ३७ को मृत्यु

अमेरिकामा इ– चुरोटका प्रयोगकर्ता बढे, चार महिनामा ३७ को मृत्यु


अमेरिकामा परम्परागत सुर्ती सेवनको विकल्पमा प्रयोग हुने इ–चुरोटको कूलतमा फस्नेको संख्या पछिल्लो समय हवात्तै बढेको छ । भ्यापिङ समेत भनिने यस कूलतका कारण पछिल्लो चार महिनामा ३७ जनाको मृत्यु भएको छ भने ८ सय ८८ जना गम्भीर बिरामी परेका छन् ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्बजनिक गरेको एक तथ्यांक अनुसार अमेरिकाका ४९ राज्य र वासिंगटन डिसीमा विद्युतीय चुरोटका कारण फोक्सोका बिरामीको संख्या ह्वात्तै बढेको छ । विद्युतीय चुरोटको कुन तत्वका कारण यति ठूलो संख्यामा मानिसहरु बिरामी परेका हुन भन्ने विषयमा चिकित्सकहरु पनि अलमलमा परेका छन् ।

गाँजामा समेत पाईने टीएचसी नामक तत्वका कारण मानिसहरु बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ । केन्द्रका अनुसार फोक्सोको बिरामीमध्ये ८६ प्रतिशतमा टीएचसीयुक्त बिद्युतीय चुरोट पिइएको पाइएको छ ।

इ–चुरोटले स्वास्थ्यमा जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । यसले मस्तिष्कको स्नायु प्रणाली र तन्तु क्षति गर्ने अनुसन्धानले देखाएको हो ।

मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्छ । विज्ञहरुका अनुसार इ–चुरोट नियमित सेवन गर्ने मानिसको मस्तिष्कका कोषिका सुक्छन् । इ–चुरोट सेवनले स्मरणशक्ति, सिकाइ र बोधमा ठूलो क्षति पुग्ने बताइन्छ ।

सरकारले १ महिनाअघि इ–चुरोटमाथि प्रतिबन्ध लगाएको थियो ।

-याहुन्युजडटकम


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ