२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ महिनामा १८ हजारमा डेंगु, प्रदेश ३ सबैभन्दा बढी प्रभावित

६ महिनामा १८ हजारमा डेंगु, प्रदेश ३ सबैभन्दा बढी प्रभावित


काठमाडौँ –यस वर्ष धरानबाट फैलिएको डेंगु अहिलेसम्म १८ हजार भन्दा बढीमा देखिएको छ । देशभर डेंगुको संक्रमणबाट पछिल्लो ६ महिनाको अवधिमा १८ हजार ८७ जना प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङक अनुसार साउन १ गते देखि कात्तिक १८ सम्म १४ हजार ६ सय ६२ जनामा डेंगु देखिएको छ ।

वैशाखदेखि साउन १ सम्म ३ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । निजी स्वास्थ्य संस्थाले बिरामीको वास्तविक संख्या लुकाएको अधिकारीहरुले बताएका छन् । सरुवारोग बिशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अझै डेंगुका बिरामी आउने क्रम जारी छ ।

डेंगु सकियो भनेर ढुक्क हुने अवस्था नभएको चिकित्सकले बताएका छन् । यस वर्ष गत ३० वैशाखमा सबैभन्दा पहिला धरानमा डेंगु देखिएको थियो । हाल सम्म ६७ जिल्लामा डेंगुको प्रकोप देखिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा १, सुनसरीमा १, चितवनमा १, काठमाडौमा २ र डोरीमा १ जना गरी ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)