२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स वितरण

सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स वितरण


धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स वितरण गरिएको छ । बुधवार धनगढीमा एक कार्यक्रमका बिच अत्याधुनिक एम्बुलेन्स वितरण गरिएको हो । धनगढीमा एम्बुलेन्स हस्तान्तरण गर्दे सुदूरपश्चिम प्रदेश सरकारले ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अव सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले बिरामी ज्यान गुमाउनु नपर्ने बताए ।

प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यका साथ मन्त्रालयले खरिद गरेका एम्बुलेन्स वितरण गरिएको छ । सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको छ ।

एम्बुलेन्स चालकलाई तालिम प्रदान भइरहेको सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ