२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग

गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग


काठमाडौं– विपन्न परिवारका ४० हजार बिरामीले सरकारबाट स्वास्थ्य उपचारको सेवा लिएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न किसिमका गम्भीर रोग लागेका विपन्न परिवारका बिरामीले सरकारबाट उपचार सहयोग पाएका हुन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको (एचएमआइएस)ले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट शिट २०२३’ को रिपोर्ट अनुसार आर्थिक वर्ष २०७९/८० देशभरका ४० हजार ४७ जना गम्भीर रोगका बिरामीले सरकारबाट उपचार सहयोग लिएका छन् । ‘विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५’ अनुसार आर्थिक रूपले विपन्न नागरिकले दफा २ को खण्ड (ख) मा उल्लेख भए बमोजिमका रोगको उपचार नेपाल भित्र गराउँदा उपदफा (४) बमोजिमको समितिको सिफारिसमा वा नेपाल सरकारले जारी गरेको गरिब परिवार परिचय पत्र बिरामीले अनुसूची–४ बमोजिमको उपचार सहुलियत रकम अस्पतालबाट प्राप्त गर्ने व्यवस्था रहेको छ ।

सोही अनुसार मुट रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्सस रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका बिरामीका साथै मिर्गौला रोगको एक्युट रेनल फेलियर भएका विरामीहरुले १ लाख रुपैयाँ सम्मको औषधि उपचार सुविधा पाउन सक्नेछन् । स्वास्थ्य विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी २१ हजार ५५५ जना क्यान्सर रोगका बिरामीले यो सेवा लिएका छन् ।

त्यस्तै मिर्गौला हेमोडायलिसिस सम्बन्धी ७ हजार ४४९, मिर्गौला प्रत्यारोपण सम्बन्धी ४३२, मुटु रोगी ६ हजार ९३६, हेड इन्जुरी ७६१, स्पाइनल इन्जुरी १ हजार २३९, पार्किन्सस ७९, अल्जाइमर ३५ र सिकल सेलका १ हजार ५६१ जना बिरामीले सरकारबाट उपचार सहयोग लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ