२०८३ वैशाख ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आज आइतबार र भोलि सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैंछ । सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो ।

यसैगरी, १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जनाएको छ ।

सरकारले छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने जनाएको छ ।

सरकारले हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालन गर्दै आएको छ।

बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ । जुकाको औषधि भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो ।

प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा कात्तिकमा खुवाउने गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ