काठमाडौं—सानेपास्थित १०० शय्याको स्टार अस्पताल लिमिटेडको अस्पताल निर्देशकमा प्रा. डा. सुरज बज्राचार्य नियुक्त भएका छन् । सोमबारबाट लागु हुने गरी अस्पताल व्यवस्थापनले वरिष्ठ अर्थोपेडिक्स तथा स्पाइन सर्जन डा. सुरजलाई अस्पताल निर्देशकमा नियुक्त गरेको हो ।
‘मैले आजैबाट स्टार अस्पतालको अस्पताल निर्देशकका रुपमा कार्यभार सम्हाले,’ नवनियुक्त अस्पताल निर्देशक डा. बज्राचार्यले हेल्थआवाजसँग भने, ‘अब स्टार अस्पतालाई नयाँ सोच, नयाँ जागरका साथ फेरि उठाउने गरी अगाडि बढाउँछौं ।’
डा. श्रेष्ठ यसअघि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालको मेडिकल निर्देशकका रुपमा कार्यरत थिए । त्यहाँ उनले १० वर्ष अस्पताल मेडिकल भएर काम गरे ।
डा. सुरजले झण्डै १६ वर्ष किष्ट मेडिकल कलेजमा काम गरे । डा. सुरजले अब अस्पताललाई प्रभावकारी रुपमा सञ्चालनका लागि त्यहीअनुरुपको टिम पनि बनाउँदैं लैजाने बताए ।
(यसअघि अस्पताल निर्देशक हुनुपर्नेमा मेडिकल निर्देशक भएकामा सच्चाइएको छ । सं.)