२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररुपन्देहीको तिलोत्तमामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने

रुपन्देहीको तिलोत्तमामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने


बुटवल–रुपन्देहीको तिलोत्तमामा आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माण हुने भएको छ । खुला रुपमा विक्री वितरण हुने दुध मानवीय स्वास्थका दृष्टिले उपयुक्त नभएको गुनासो बढिरहेका बेला करिव ४० करोडको लागतमा तिलोत्तमामा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लागिएको हो ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघले मानव स्वास्थ्यलाई ध्यानमा राखेर दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने काम अघि बढाएको छ । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिगाहा जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाएपछि सो परियोजना निमार्ण हुनेमा स्थानीय आशावादी छन् । विशिष्टीकृत सहकारी संघ यस क्षेत्रमा क्रियाशील सहकारीहरुबाटै प्रवद्र्धन गरिएको संस्था हो ।

संघले प्रदेश ५ का झण्डै चार सय सहकारीकर्मीबीच अन्तरक्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको अवधारणा सार्वजनिक समेत गरिसकेको छ । रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दुधलाई विभिन्न प्रविधीको प्रयोगगरी स्वस्थवर्धक दुध निमार्ण गरी बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्र निमार्ण गर्न लागिएको छ ।

किसानहरुले उत्पादन गरेको दुधको गुणस्तर मापन गर्ने, त्यसमा भएका अखाध्य तत्वहरुको निर्मलीकरण जस्ता कार्य हुने हँदा मानवीय स्वास्थयका दृष्टीले पनि परियोजना उचित हुने नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

तिलोत्तमाले आफ्ना दुध उत्पादक किसानलाई प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान, पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ । दुध उत्पादनमा अग्रसरता देखाएको नगरपालिकामा आधुनिक प्रसोधन केन्द्र बन्नु आफैमा गर्वको कुरा भएको उनले बताए ।
यू.एच.टी. दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने भएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दुध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताइन् ।

उनले जनताले स्वस्थ दुध सेवन गर्न पाउने गरी परियोजनाले काम गर्ने विस्वास व्यक्त गरिन । प्रदेशभरका उपभोक्तालाई बजार बनाएर दूध उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने लक्ष्यका साथ परियोजना निर्माण गर्न उनले सुझाव दिइन् ।

दुग्ध प्रसोधन केन्द्रले दुधको गुणस्तर र उपभोत्ताको स्वास्थयमा सकारात्मक प्रभाव पार्ने लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले बताए । उनले प्रदेश ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमैं पुर्याउने समेत बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ