२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा


काठमाडौं—डेढ महिनाअघि चीनमा मुटुको एन्जिओप्लास्टी गरेर फर्किएका गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुनः एन्जिओप्लास्टी गरिएको छ । मंगलबार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदय रोग केन्द्र पुगेका उनको देब्रे धमनीमा अवरोध देखिएपछि एन्जिओप्लास्टी गरिएको हो ।

यसअघि गत असोज ३० मा चीन भ्रमणमा रहेका बेला छातीमा असहज महसुस भएपछि उनी त्यही अस्पताल भर्ना भएका थिए । त्यस क्रममा उनको मुटुको धमनीमा अवरोध पाइएपछि त्यसको शल्यक्रिया गरिएको थियो ।

पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उनको ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’को शल्यक्रिया भएको थियो ।

डेढ महिनापछि उनको गंगालालमा उनको अर्को अवरोध भएको धमनीको एन्जिओप्लास्टी गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता नारायणप्रसाद शर्माकाअनुसार आंशिक अवरोध रहेको धमनीको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्केसहितको टोलीले एन्जीओप्लाष्टीक गरेको हो ।

मंगलबार एन्जिओप्लास्टी गरेर अस्पतालमा उपचाररत श्रेष्ठलाई भेट्न बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका थिए । उनले गंगालाल हृदय रोग केन्द्रमा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ