२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिसिटी बेचेको सपना पनि नदेखे हुन्छ : डा. उपेन्द्र महतो

नेपाल मेडिसिटी बेचेको सपना पनि नदेखे हुन्छ : डा. उपेन्द्र महतो


काठमाडौं—नेपाल मेडिसिटी अस्पतालमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अस्पताल बेचेको सपना नदेख्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सन्जालमा नेपाल मेडिसिटी अस्पताल बिक्रीको अन्तिम चरणमा रहेको समाचार भाइरल भएपछि हेल्थआवाजसँग प्रतिक्रिया दिदैं उनले नेपाल मेडिसिटी अस्पताल सपनामा पनि नबेच्ने दावी गरे ।

‘नेपाल मेडिसिटी अस्पताल मैले नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा दिनका लागि खोलेको हुँ,’ नेपाल मेडिसिटी अस्पताल बिक्री गर्न लाग्नुभएको हो भन्ने हेल्थआवाजको प्रश्नमा उनले भने, ‘अस्पताल बिक्रीको कुरा कसैले सपनामा पनि नदेखे हुन्छ । म मेडिसिटी बेच्ने सपना पनि देख्न चाहन्न ।’

प्रस्तावित आश्विनी मेडिकल कलेजको शिक्षण अस्पतालका रुपमा नेपाल मेडिसिटी अस्पताल सन् २०१७ बाट संचालनमा आएको हो । ७ सय ५० शैय्या संचालन अनुमति पाएको यो अस्पताल नेपालमै कर्पोरेट सेक्टरको सबैभन्दा ठूलो अस्पताल हो ।

डा. महतोले नेपालमा मेडिकल टुरिज्म भित्र्याउने भन्दैं महत्वकांक्षी प्रोजेक्टका रुपमा नेपाल मेडिसिटी अस्पताल संचालनमा ल्याएका थिए । त्यसपछि उनले नेपाल मेडिसिटीलाई चेन अस्पतालका रुपमा विस्तार गर्ने गरी काम गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा स्वास्थ्य सेवामा आक्रामक लगानी बढाइरहेका डा. महतोको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २५ प्रतिशत शेयर छ । यसबाहेक उनको लगानी चाबहिलस्थित नेपाल मेडिकेयर अस्पतालमा पनि छ ।

डा. महतोले गत वर्ष १०० शैय्याको नारायणी बयोधा अस्पतालको पूर्ण स्वामित्व लिइसकेका छन् । बयोधाको स्वामित्व लिएर मेडिसिटी बयोधा अस्पताल बनाएसँगै उनी नेपालका सबैभन्दा ठूला स्वास्थ्य व्यवसायी दरिन पुगेका छन् । डा. महतोले त्यसबाहेक नेपालमा बैंक, जलविद्युत, मिडियालगायतका क्षेत्रमा लगानी गर्दै आएका छन् ।


यो पनि पढ्नुस्

१०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ