२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा संघर्ष समितिद्धारा आइओएममा धर्ना, डिन भन्छन्, ‘शुल्क फिर्ता हाम्रो सरोकारको विषय होइन’

चिकित्सा शिक्षा संघर्ष समितिद्धारा आइओएममा धर्ना, डिन भन्छन्, ‘शुल्क फिर्ता हाम्रो सरोकारको विषय होइन’


काठमाडौं–नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत विद्यार्थीहरुको सुरक्षाको माग गर्दै चिकित्सा शिक्षा संघर्ष समितिले डिन कार्यालयमा धर्ना बसेका छन् । सो कलेज प्रशासनले विद्यार्थीलाई बन्धक बनाएको र धम्की दिएको भन्दैं त्यस्ता गतिविधि बन्द गर्न पनि विद्यार्थीले माग गरेका छन् । संघर्ष समितिका प्रवक्ता नरेश भट्टले शुल्क फिर्ता, विद्यार्थीको सुरक्षालगायतका विषय समेटेर धर्ना बसेको बताए ।

त्रिविद्धारा संचालित मेडिकल कलेजले एमबीबीएस र बीडिएसमा अध्ययनरत विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । नेसनलसँगै चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र युनिर्भसल कलेजका विद्यार्थी पनि आन्दोलनका लागि काठमाडौंमा आएका छन् ।


छलफलमै छौः उपाध्यक्ष गिरी

चिकित्सा शिक्षा आयोगले कलेजहरुले बढि शुल्क लिएको भए त्यसको प्रमाणसहित जिल्ला प्रशासनमा उजुरी हाल्न सूचना जारी गरेको छ । अयोगमा औपचारिक रुपमा बढी शुल्क लिएको उजुरी नपरेता पनि विद्यार्थीको असन्तुष्टि देखिएको हुँदा अनौपचारिक रुपमा कलेज संचालकहरुसँग यो विषयमा चाँडै समाधान निकाल्न छलफल भइरहेको उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले बताए ।


शुल्क हाम्रो क्षेत्राधिकार बाहिरः डिन अग्रवाल

चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. जगदीशप्रसाद अग्रवालले मेडिकल कलेजहरुले बढी लिएको शुल्क आफ्नो क्षेत्राधिकार बाहिर भएको बताएका छन् । ‘चिकित्सा शिक्षा आयोग बनिसकेको अवस्थामा अब उसले हेर्ने हो । हामीले सबै समस्या सुनाइसकेका छौं, त्यस विषयमा अब आयोगले नै निर्णय लिन्छ,’ अग्रवालले भने, ‘हामीले एमबीबीएस र बीडिएसका लागि कति शुल्क लिने भनेर निर्णय गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन मन्त्रालय र आयोगले गर्नुपर्छ ।’

यसअघि आईओएमले शुल्कमा कडाई नगर्दा विद्यार्थीहरुले बढी पैसा तिर्दै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ