२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेउराली जनता फर्मास्युटिकल्सको कारोबार १ अर्ब ८६ करोड रुपैयाँ

देउराली जनता फर्मास्युटिकल्सको कारोबार १ अर्ब ८६ करोड रुपैयाँ


काठमाडौं—देउराली जनता फर्मास्युटिकल्स (डिजेपीएल)को एक वर्षको कारोबार १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको सन् २०२३ को वित्तिय विवरणअनुसार कम्पनीले १ अर्ब ८६ करोड (अरिष्कृत) बराबरको कारोबार गरेको हो ।

सन् २०२२ मा देउराली जनताले १ अर्ब ७० करोड रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षको तुलनामा उसको कारोबार १६ करोड रुपैयाँले वृद्धि भएको छ ।

देउराली जनताले सन् २०२१ मा १ अर्ब ४६ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले विभिन्न औषधीहरु उत्पादन गर्दै आएको छ । उसले कार्डियोभास्कुलर, डाइबटिज, गाइनोकोलोजी, चाइल्ड केयर, ग्यास्ट्रो, हेपाटो र डर्मासहित विभिन्न विधाका २ सय ५० भन्दा बढी प्रडक्टहरु उत्पादन गरिरहेको छ ।

देउराली जनता फर्मास्युटिकल्समा अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्माको मुख्य स्वामित्व छ । उनको ७१ प्रतिशत शेयर छ । कम्पनीले त्यसबाहेको सेयर उनका परिवार र एसोसियटहरुको रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ