२०८१ कात्तिक २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई कलेजो प्रत्यारोपण


काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हप्तामा दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रकाअनुसार पुस ८ र ९ मा लगातार दुई वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएका छन् ।

‘२०८०/०९/०८ र ९ गते भएको कलेजो प्रत्यारोपण भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीया दिदीले कलेजो दान दिएकी थिइन्,’ केन्द्रले आफ्नो विज्ञप्तीमा भनेको छ । अस्पतालमाअनुसार कलेजो दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको छ ।

केन्द्रले सुरुमा दक्षिण कोरियाली चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । पछिल्लो समय कलेजो प्रत्यारोपण भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ । पछिल्लो ५ जनाको प्रत्यारोपण एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा भएको र केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले यो वर्षमा मात्रै ६ जनाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ ।

यस्तै केन्द्रले एक हप्तामा ३ वटा मिर्गौला प्रत्यारोपण गरेको छ भने स्थापनाको ११ वर्ष अवधिमा ११७२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ