२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररघुजी पन्तको स्वास्थ्यमन्त्री इंगित प्रश्न, ‘अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न मिल्छ ?’

रघुजी पन्तको स्वास्थ्यमन्त्री इंगित प्रश्न, ‘अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न मिल्छ ?’


काठमाडौं—प्रतिनिधीसभाका सांसद रघुजी पन्तले अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न नमिल्ने बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था समितिमा छलफलमा बोल्दैं उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए ।

‘अख्तियारमा फाइल भएपछि मन्त्री पदमा बस्न मिल्छ ?,’ उनले प्रश्न गरे, ‘तपाईहरु त्यस्ता भ्रष्टाचारीलाई क्याबिनेटमा राख्ने अनि सुशासनको भाषण गर्ने कसले पत्याउँछ ? त्यही आक्रोशको परिणामको हो अस्तिको बालकुमारी घटना ।’

त्रिशुली अस्पतालको एमआरआई मेसिन खरिदमा ९ करोड भ्रष्टाचार भएको उनको भनाइ थियो । ‘त्रिशुली अस्पतालको ९ करोडको डिटेल भ्रष्टाचार छ । अखबारहरुमा छ, अझ उकेरा अनलाइनमा हेर्नुहोस् डिटेल छ । पढ्दाखेरि सनन हुन्छ,’ उनले थपे, ‘त्यो फाइल अख्तियारमा छ । फाइल अख्तियारमा भएपछि मन्त्रीले राजीनामा गर्नु पर्दैन् ।’

पन्तले आफू डेढ दुई महिनाको बीचमा चार पाच पटक वीर अस्पताल गएको बताए । त्यहाँ जाँदाखेरि तेस्रो तलामा डेन्टल शाखामा जाँदा चार पाँच पटक भीडसम्म ठोक्किएको अनुभव सुनाउँदैं उनले भने, ‘त्यो ठाउँबाट २११ जना कर्मचारी स्वास्थ्यमन्त्रीले एकै पटक हटाउनुभयो र ११ जना आफन्त राख्नुभयो जनशक्ति छैन ।’

उनले मन्त्री बस्नेतले कार्यकारी निर्देशक हटाएको र अदालतले पुनस्थापना गरेको कुरा पनि समितिमा बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ