२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिष्ट मेडिकल कलेजको कारोबार निरन्तर उकालोमा, एक वर्षको कारोबार कति ?

किष्ट मेडिकल कलेजको कारोबार निरन्तर उकालोमा, एक वर्षको कारोबार कति ?


काठमाडौं—किष्ट मेडिकल कलेज प्रा.लि.को कारोबार निरन्तर उकालोमा छ । ५ वर्षअघि ५० करोड रुपैयाँको कारोबार गरेको किष्टले अहिले ७८ करोड रुपैयाँ बढीको कारोबार गरेको किष्टको (अपरिष्कृत) तथ्यांकले देखाउँछ ।

किष्ट मेडिकल कलेजले सन् २०२३ मा ७८ करोड (अपरिष्कृत) कारोबार गरेको उनको फाइनान्सियल तथ्यांकमा उल्लेख छ । गत वर्ष किष्टले ६८ करोड रुपैयाँको कारोबार गरेको थियो । उसले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कारोबारमा १० करोड रुपैयाँले वृद्धि गरेको हो ।

सन् २०२१ मा किष्टको कारोबार अघिल्लो वर्षको तुलनामा झण्डै १ करोड बढीले कमी आएको छ । उक्त वर्ष उसले ५१ करोड बढीको कारोबार गरेको थियो । सन् २०२० मा भने किष्ट कारोबार ५२ करोड रुपैयाँ थियो ।

सन् २०१९ मा भने किष्ट मेडिकल कलेजले ५० करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००७ मा स्थापना भएको किष्ट मेडिकल कलेजले एमबीबीएस, बिडिएस, पिजीसँगै पारामेडिकलतर्फका बी फर्मा, बीएस्सी एमएलटीलगायतका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्दै आएको छ । मेडिकल कलेजको ३ सय शैय्याको अस्पताल संचालनमा छ ।

किष्ट मेडिकल कलेजमा अध्यक्ष आशिष थापाको सबैभन्दा बढी स्वामित्व रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ