२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारव्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा

व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा


काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई दिइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् ।

‘मलाई सोमबार व्यवस्थापन महाशाखाको जिम्मेवारी दिनुभएको छ,’ डा. थापाले भने । यसअघि उनी वीर अस्पतालमा थिए ।

यसैगरी, व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा. सर्वेस शर्मालाई भने वीर अस्पताल पठाइएको छ ।

उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको पालामा महाशाखामा सरुवा भएका थिए । त्यससअघि डा. सर्वेस दाङमा कार्यरत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ