२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअदालतको आदेश विपरित स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशकलाई हटाउन मन्त्रिपरिषद्मा सिफारिस

अदालतको आदेश विपरित स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशकलाई हटाउन मन्त्रिपरिषद्मा सिफारिस

स्वास्थ्यमन्त्री बस्नेतको दबाबमा पुनः क्याबिनेटमा प्रस्ताव लगियो


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतको आदेश विपरित स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई दोस्रो पटक हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले डा. बसौलालाई पदबाट हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को २४ असोजको बैठकले उनलाई स्पष्टीकरण सोध्न स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । त्यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनलाई हटाउने मनसायले कानुन विपरित स्पष्टीकरण सोधेका थिए ।

उक्त स्पष्टीकरण कानुन विपरित भएको भन्दैं तीब्र आलोचना भएपछि उनले क्याबिनेटमा लगेर स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए । मन्त्रिपरिषद्ले २४ कात्तिकमा स्पष्टीकरणमा चित्त नबुझेको भन्दैं डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

क्याबिनेटको आफूलाई तीन महिना निलम्बन गर्ने निर्णय कानुन विपरित भएको भन्दैं डा. बसौला सर्वोच्च अदालत गएका थिए । ६ पुसमा सर्वोच्च अदालतले उनलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर, स्वास्थ्यमन्त्री बस्नेतको बलजफ्तीमा पुनः उनलाई हटाउनका लागि स्वास्थ्यबाट क्याबिनेटमा प्रस्ताव लगिएको स्रोतको दावी छ । ‘एक पटक उहाँ (डा. बसौला) सर्वोच्चबाट स्टे लिएर आइसक्नुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘कानुनी प्रक्रियामा रहेको यो विषयलाई नचलाउ भन्दा मन्त्रीले मान्नुभएन । उहाँकै दबाबमा यो प्रस्ताव क्याबिनेट लगिएको छ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ