२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर


काठमाडौं—स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । बुधबार विभागको महानिर्देशकस्तरीय निर्णयबाट ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको विभागका सूचना अधिकारी भवनाथ खतिवडाले जानकारी दिए ।

उनकाअनुसार मन्त्रालयबाट विभागमा सरुवा गरिएका डा. गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को महामारी व्यवस्थापन शाखा लगिएको छ । उपचारात्मक महाशाखाकी डा. पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा लगिएको छ ।

उपचारात्मक महाशाखामा डा. फणिन्द्र बराललाई लगिएको छ । उनी यसअघि इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामा कार्यरत थिए ।

त्यसैगरी परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ । उनको ठाउँमा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ ।

अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ । उनी यसअघि इडिसिडीको सर्विलेन्समा शाखामा कार्यरत थिइन् ।

नेपाल सरकारबाट विदा लिएर स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम (एनएचएसएसपी)मा एक वर्षे करार जागिर खान गएका सागर दाहाललाई इडिसिडीमा लगिएको छ । उनी इडिसिडीको सर्विलेन्स शाखा प्रमुखमा रुपमा इडिसिडी लगिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ