२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्मचारी संचय कोषका संचयकर्ताले १२० अस्पतालबाट सेवा लिन पाउने

कर्मचारी संचय कोषका संचयकर्ताले १२० अस्पतालबाट सेवा लिन पाउने


काठमाडौं—कर्मचारी सञ्चय कोषका संचयकर्ताले १ सय २० वटा अस्पतालबाट सेवा लिन पाउने भएका छन् । कोषले कोषले सामाजिक सुरक्षा सुविधाअनुसार साधारण तथा घातक रोगको उपचार गर्न आफ्ना संचयकर्ताहरुले सेवा लिने पाउने १ सय २० वटा अस्पतालको सूची सार्वजनिक गरेको छ ।

जसअन्तर्गत बागमती प्रदेशमा सबैभन्दा बढी ६० वटा अस्पतालबाट संचयकर्ताहरुले सेवा लिन पाउनेछन् । यसैगरी, कोशी प्रदेशमा १६ वटा र मधेश प्रदेशमा ९ वटा अस्पतालबाट सेवा लिने पाइनेछ ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित १५ वटा, लुम्बिनी प्रदेशमा १६ वटा अस्पतालबाट संचयकर्ताले सेवा लिन पाउनेछन् ।

यसैगरी, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पताल गरी २ वटा अस्पतालबाट र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल सहित ३ वटा अस्पतालबाट सेवा लिन पाउनेछन् ।

१ फागुनबाट लागू हुने गरी कोषले अस्पतालहरु सूचीकरण गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ