२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीका रजिष्ट्रार डा. संग्रौलाको आर्थिक र प्रशासनिक अख्तियारी खोसियो

विपीका रजिष्ट्रार डा. संग्रौलाको आर्थिक र प्रशासनिक अख्तियारी खोसियो


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सुर्य संग्रौलाको आर्थिक तथा प्रसासनिक अख्तियारी खोसिएको छ । आइतबार विपीका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले डा. संग्रौलाको आर्थिक र प्रशासनिक अख्तियारी खोसिदिएका हुन् ।

डा. कार्कीले १७ असार २०८० मा कामु उपकुलपति नियुक्त भएपछि प्रतिष्ठानको ऐन, नियमावलीअनुसार आन्तरिक तथा बाह्य पत्राचार गर्ने र मुद्धा मामिला सम्बन्धी कार्यहरु हेर्ने गरी डा. संग्रौलालाई थप अधिकार दिएका थिए ।

आइतबारबाटै लागु हुने गरी सो अख्तियार फिर्ता गरिएको पत्र उपकुलपतिले रजिष्ट्रारलाई दिएका छन् । ‘२०८०/३/१७ गते मेरो कामु उपकुलपतिको नियुक्ति पश्चात प्रतिष्ठानको ऐन र नियमावलीअनुसार मैंले दिएको अख्तियारी आजैका मितिदेखि फिर्ता गरेको जानकारी गराउँछु,’ उपकुलपतिले पठाएको पत्रमा भनिएको छ, ‘आजका मितिदेखि तपाईंले सुचारु गर्ने आर्थिक एवं प्रशासनिक क्रियाकलापहरु कामु उपकुलपतिबाट स्वीकृत गराएर मात्र सम्पन्न गर्नु हुन अनुरोध छ ।’

पछिल्लो समय विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीको बढुवालाई लिएर प्रतिष्ठानका पदाधिकारीहरुबीच नै विवाद छ । कामु उपकुलपति डा. कार्की लोक सेवाको निर्देशनअनुसार नयाँ नियमावली ल्याएर मात्रै बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने अडानमा छन् भने रजिष्ट्रार डा. संग्रौला एक वर्षअघि सुरु भएको प्रक्रिया टुग्याएर मात्र नियमावली ल्याउनुपर्छ भन्ने पक्षमा छन् ।

बढुवाका लागि दबाब सिर्जना गर्न विपीका शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याण परिषद्ले आन्दोलन सुरु गरेका छन् । जसका कारण इमर्जेन्सी, आईसीयुलगायत सेवाहरु मात्र संचालनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ